१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमको कुल ग्राहस्थ उत्पादन १९० करोड



धनगढी । दीगो विकास लक्ष्यहरु तथा सुशासन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम बिहिबार धनगढीमा सम्पन्न भएको छ ।
राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको आयोजना तथा युएनडिपिको संसद् सहयोग परियोजनाको सहकार्यमा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा सिद्धान्त र व्यववहारमा दीगो विकास लक्ष्यहरु तथा स्थानीयकरण र प्रदेश तहमा सुशासन, एससिजी र संसद्ः अन्तराष्ट्रिय असल अभ्यासका बारेमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव ज्ञानचन्द्र आचार्य र प्रदेश नीति तथा योजना आगोग र दीगो विकास लक्ष्यहरुका दृष्टिमा प्रदेशको समग्र अवस्थाको बारेमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपादप्रसाद अर्यालले प्रस्तुती गरेका थिए ।
प्रस्तुतीको क्रममा आचार्यले सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत जनता अझै गरीविको रेखामुनी रहेको बताए । उनका अनुसार वास्तविक गणना अनुपातमा सुदूरपश्चिम प्रदेशको बहुआयामिक गरीवि सूचकांक ३३।६ प्रतिशत छ । उनले सुदूरपश्चिम पश्चिमका जनताको वार्षिक प्रतिव्यक्ति आय ६६० अमेरिकी डलर रहेको बताए ।
लैंगिक समानताको हिसावमा २८।१ प्रतिशत महिलाहरु घरधनि भएका छन् भने १५ देखि ४९ वर्षका १३ प्रतिशत महिला शारिरिक तथा यौनजन्य हिंसाको सिकार भएको छन् । सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ उत्पादन १९० करोड छ भने ३७।१ प्रतिशत जनता मात्रै बैंकिङ सेवाको पहँुचमा छन् ।
दीगो विकास तथा सुशासन समितिकी अध्यक्ष तारादेवी भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद्हरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार