१० श्रावण २०८१, बिहीबार

प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धी विधेयकमाथि सामान्य छलफल



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठकमा प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल गरिएको छ ।


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सभामा प्रस्तुत गरेको विधेयकमा सामान्य छलफल गर्दै सत्तापढ नेकपामा सांसद महेशदत्तजोशीले प्रदेशमा उद्योग स्थपानाका लागि कानून अनिर्वाय रहेको सन्दर्भमा विधेयक आउनु सकारात्मक रहेको बताए । नेकपाकै सासंद रतन थापाले औद्योगिक उत्पादन नबढ्दासम्म प्रदेश सम्बृद्ध हुन नसक्ने बताए । उनले विधेयकमा प्रदेश सरकारले पनि उद्योग सञ्चान गर्न सक्ने व्यवस्था गरिएकाले सरकारले सञ्चालन गर्ने उद्योग किसिम समेत प्रष्ट हुनु जरुरी रहेको बताए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गोविन्दराज बोहराले उद्योग स्थापनाका लगि प्रदेश पूर्वाधार नभएकोले सरकारको ध्यान उद्योग स्थापना भन्दापनि पूर्वाधार बनाउने तर्फ केन्द्रित हुनुपर्ने बताए । उनले निजी क्षेत्रलाई सुविधा दिएर उद्योग स्थापनाको वातावरण बनाउने तर्फ सरकार लाग्नुपर्ने बताए । राजपा सांसद मालामती रानाले उद्योगमा लगानी गर्न चाहनेहरूलाई क्षमता अनुसारको उद्योग स्थापना गर्न सरकार सहयोगी हुन पर्ने बताइन् ।
सो विधेयकका दफाहरूमा संशोधन गर्न चाहने सांसदहरूले ७२ घण्टासम्म संशोधनको प्रस्ताव दर्ता गर्न सक्ने छन् । आजको बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरूमा जवाफमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उठेका विषयहरू विधेयकमा समेतिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार