३ जेष्ठ २०८१, बिहीबार

पढाई मेला तथा शैक्षिक उत्वस सम्पन्न



सुखड । कैलालीको घोडाघोडी नरपालिका ८ दिपनगरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई मेला तथा शैक्षिक उत्वस कार्यक्रम भएको छ ।
मेलघट्टी माध्यामिक बिद्यालयको प्रागणमा कार्यक्रम भएको थियो । मेलघट्टी माध्यामिक बिद्यालय व्यवस्थाप समितिका कार्यबाहक अध्यक्ष राम कला तिरवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ८ का वडा सदस्य काली देबी विक रहेकी थिइन् ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ तथा एक दिने शैक्षिक उत्वस कार्यक्रममा बिभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । वाल वाललिकाहरुले बिभिन्न चित्र कला, नृत्य पनि प्रर्दशन गरेका थिए ।
मेलघट्टी माध्यामिक बिद्यालयका प्र.अ.खण्ड बहादुर कठायतको स्वागत मन्तव्यस“गै सुरु भएको कार्यक्रमको संचालन शिक्षक दिवाकर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार