३ जेष्ठ २०८१, बिहीबार

अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न



बौनिया । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी बौनियामा सम्पन्न भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा हेल्थ असिस्टेण्ट कृष्ण भट्टले स्वागत गरेको कार्यक्रममा दोदोधरा स्वास्थ्य चौकी इन्चार्ज र कोटातुल्सिपुर स्वास्थ्य चौकी अहेव श्याम चौधरीले अर्धवार्षिक रुपमा भएका सुरक्षित मातृत्व, परिवार नियोजन, डिपोटी खोप, क्षयरोग, कुष्ठरोग लगायतका रोगहरुको बारेमा दोदोधरा स्वास्थ्य चौकी र कोटातुलसीपुर स्वास्थ्य चौकीमा जनताले लिएका सेवा सुविधा र स्वास्थ्य चौकीमा भएका समस्याका बारेमा जानकारी गराएका थिए ।
साथै दोदोधरा स्वास्थ्य चौकीका ईन्चार्ज जोसीले आगामी आर्थिक वर्षमा स्वास्थ्यका क्षेत्रमा गर्न सकिने क्रियाकलाप र दिन सकिनिे सेवा सुविधाका बारेमा पनि जानकारी गराएका थिए ।
यस्तै कोटातुल्सीपुर स्वास्थ्य चौकीका अहेव चौधरीले पनि कोटातुल्सीपुरमा आगामी वर्ष दिन सकिने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।
बर्दगोरीया गाउपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले संचालन गरेको कार्यक्रम गाउपालिका अध्यक्ष बलीराम डगौरा थारुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा स्वास्थय शाखाका कर्मचारी, वडा अध्यक्ष कार्यपालिका सदस्य, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार