२० कार्तिक २०८१, मंगलवार

जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच



धनगढी । गौरीगंगा नगरपालिका वडा नं. १ को आयोजनामा शनिबार वडाका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

वडा कार्यालयले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ६७ जना जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच गरिको वडा अध्यक्ष जगतराम चौधरीले बताए । स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुको रक्तचाप, मुटुको धड्कन लगायत जा“च गरिनुका साथै भिटामिन, जुकाको अ‍ैषधि लगायतका आवश्यक औषधिहरु निशुल्क वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा हेल्थ एसिस्टेन्ट ईश्वरी भुसाल लगायतको चिकित्सकहरुको टोलीले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार