१० श्रावण २०८१, बिहीबार

युवा सम्मेलन शुरु



धनगढी । धनगढीमा बुधबारदेखि युवा सम्मेलन शुरु भएको छ । सम्मेलन आज बिहीबारसम्म चल्ने जनाइएको छ ।
नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको सम्मेलनको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए ।
सो अवसरमा मन्त्री सुवेदीले युवालाई प्रदेशमा रहेको कुरिती तथा विकृति हटाउनमा लाग्न आग्रह गरे । ‘हाम्रो प्रदेशलाई अन्य प्रदेशले छाउपडी, जातीय छुवाछुत, बोक्सीको आरोपमा कुट्पिट, बालविवाह लगायत कुरिती प्रदेशका रुपमा व्याख्या गरिरहन्छन्’ उनले भने– अब प्रदेशलाई कुरिती तथा विकृतिरहित प्रदेशका रुपमा चिनाउन युवाहरूले जागरण अभियान गर्नुपर्छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले युवा पलायन रोक्न धनगढी उपमहानगरपालीकाले युवा उद्यमसिलता कार्यक्रम सञ्चालन गर्ने बताए ।
सम्मेलनकी संयोजक बसन्ती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका युवाको सहभागिता रहेको छ ।
तीनै तहका सरकारले देशको युवा जनशक्तिलाई स्वदेशमा नै उत्पादनमुलक कार्यमा संलग्न हुन अवसर र वातावरण श्रृजना गनुपर्ने, युवालाई व्यवसायिक तथा प्राविधिक सीपमुलक तालिमहरू प्रदान गर्नुपर्ने स्थानीयस्तरमा भएका स्रोत साधन अनुकुल उद्योग स्थापना र युवा स्वरोजगार प्रबद्र्धनका कार्यक्रम संचालन गर्नुपर्ने, स्थानीय सरकारले अनिवार्य रुपमा युवा सहभागितामा योजना निर्माण र बजेट विनियोजन गनुपर्ने माग युवाहरूको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार