१० श्रावण २०८१, बिहीबार

बेहडाबाबामा धर्मशाला सिलन्यास



धनगढी । कैलालीको प्रमुख धार्मिक तथा पर्यटकिय स्थलका रुपमा रहेको बेहडाबाबामा निर्माणाधीन धर्मशालाको बुधबार सिलन्यास गरिएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बुधबार एक संक्षिप्त कार्यक्रमबीच धर्मशाला भवनको सिलन्यास गरेका हुन ।
सो अवसरमा नगर प्रमुख वडले बेहडाबाबा धनगढीको मुख्य धार्मिक तथा पर्यटकिय स्थल रहेको स्मरण गरे । उनले भने– बेहडाबाबा धामको एकिकृत विकासका लागि गुरुयोजना बनाएर काम सुरु भइसकेको छ ।
बेहडाबाबामा १५ वटा कोठाको धर्मशाला निर्माण हुन लागेको बेहडाबाबा विकास समितिका सचिव पदमराज जोशीले बताए । उनले हालका लागि ५० लाख रुपैयामा भवन निर्माणको ठेक्का सम्झौता भइसकेको बताए ।
त्यसैगरी धनगढी उपमहानगरपालिका ५ तारानगर स्थित सुकुटी नालामा निर्माणाधीन पक्की पुलको बुधबार नै सिलन्यास गरिएको छ । नगरप्रमुख वडले पुलको सिलन्यास गरे ।
धनगढी उपमहानगरपालिकाले शाजेन्द्रेश्वर–मोहन जेभीसंग एक करोड ५४ लाख २३ हजार तीन सय ८४ रुपैयाँमा पुल निर्माणका लागि सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार