१० श्रावण २०८१, बिहीबार

ट्रकको ढोकाबाट खस्दा एकको मृत्यु



अछाम । अछाममा ट्रकको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

अछामबाट सुर्खेत तर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्बरको ट्रकको ढोकाबाट खस्दा ट्रकका सहचालक मुत्यु भएको हो । मुत्यु हुनेमा अर्घाखाची जिल्लाका अन्दाजी २० वर्षीय ओमबहादुर बैदाली रहेको प्रहरीले जनाएको छ ।

पञ्चदेवल बिनायक नगरपालिकाको सिमा बेलखेतमा रहेको प्रहरी पोष्टमा बुधबार ईन्ट्री गर्ने भनेर ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि दैलेखको राकममा लग्दैगर्दा बाटोमै ज्यान गएको बेलखेत प्रहरी पोष्टका हवलदार रमेश नाथले जानकारी दिए । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार