२५ मंसिर २०८१, मंगलवार

तुर्माखाँदका अध्यक्षद्वारा दुबै हात गुमाएका बालकलार्इ तलब सहयाेग



धनगढी । तुर्माखाँद गाउँपालिका अछामका अध्यक्ष पुष्पराज शर्माले मेशीनमा परेर दुई वटै हात गुमाएका एक बालकलाई आर्थिक सहयोग गरेका छन् ।


मंगलबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका विच अध्यक्ष शर्माले आफुले पाउने पारिश्रमीक बाफतको ३० हजार रकम सहयोग गरेका हुन ।
गत चैत्र २८ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ का धोजे कामीका १४ बर्षिया छोरा एकीन्द्र कामीले घर नजिकै रहेको कुटानी पिसानी गर्ने मिलमा परेर दुईवटै हात गुमाएका थिए ।
आर्थिक अवस्था कमजोर भएका बालकको उपचारको लागि आफ्नो व्यक्तिगत तलबबाट सहयोग गरेको अध्यक्ष शर्माले बताए । उनले भने ‘पालिका भित्र रहेका हरेक असहाय, अशक्त र आर्थिक अवस्था कमजोर भएका परिवार लाई सहयोग गर्नु मेरो कर्तव्य हो, मानिसलाई कतिबेला विपत्ती पर्छ थाहा हु“दैन त्यसको लागि आफु सदैव तयार रहेको छु ।’
अध्यक्ष शर्माले यस अघि पनी गाउ“पालिकामा रहेका वडा नम्बर ५ का टोपेन्द्र शाहीलाई समेत व्यक्तिगत एक महिनाको तलब हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका शाहीका दुईवटै किड्नी फेल भएपछि उपचारको लागी सहयोग गरेका थिए ।
विकट तथा ग्रामिण भेगमा रहेर उपचार गर्न नसकेका हरेक व्यक्तिलाई गाउ“पालिका र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्दै आईरहेका छन् । अध्यक्ष शर्माले कार्यपालिकाबाट निर्णय गरेर गाउ“पालिकाले हरेक वडाका किड्नी र क्यान्सर रोगीहरुलाई सहयोग पु¥याउ“दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार