१० श्रावण २०८१, बिहीबार

सामाजिक विकास मन्त्रालयको आर्थिक प्रगति २४ प्रतिशत



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु वर्षको आर्थिक प्रगति २४ प्रतिशत गरेको जनाएको छ ।


मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी हालसम्मको पुजिगत खर्च २४ प्रतिशत भएको जानकारी दिएको छ ।
मन्त्रालयले केही योजनाको काम पुरा भइसके पनि रनिङ विलको भुक्तानी हुन बा“की रहेकाले आर्थिक प्रगति कम देखिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रत्येक महिनाको अन्तिम शुक्रबार पत्रकारहरूसंग अन्तरक्रिया गर्ने र मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार