१० श्रावण २०८१, बिहीबार

स्वास्थ्य कार्यक्रमबारे क्षमता अभिबृद्धि कार्यक्रम



धनगढी । स्थानीय पालिकाहरूलाई स्वास्थ्य कार्यक्रमको बारेमा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सोमबार धनगढीमा शुरु भएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वय तथा धनगढी उपमहानगरपालिकाको आयोजनामा शुरु भएको कार्यक्रम आज (मंगलबार) सम्म चल्ने छ ।
कार्यक्रमको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।
मन्त्री सुवेदीले भने– अहिले हामी प्रदेशको नीति तथा कार्यक्रमको तयारीमा राय सुझाव संकलन गरिरहेका छौं । मन्त्रालयले गर्नुपर्ने केही नया“ कार्यक्रमको योजना छ भने हामीलाई सुझाव दिनुहोस् । उनले जनप्रतिनिधीहरूलाई निर्वाचनका बेला जनतामाझ बा“डेका आश्वासन पुरा गर्न जिम्मेवार हुन आग्रह गरे ।
उनले मन्त्रालयको हालसम्मको प्रगति २६ प्रतिशत भइसकेको र यस वर्ष ७० प्रतिशत प्रगति लक्ष्य पुर्याउने बताए । ‘प्रदेश सरकार विल्कुलै नया“ हो । मन्त्रालय मातहातका कार्यालय नहु“दा कार्यक्रमहरू ढिला गरी शुरु गर्नुपर्ने अवस्था थियो’ मन्त्री सुवेदीले भने– यस वर्ष हामीले प्रगति लक्ष्य ६० देखी ७० प्रतिशत पुर्याउन पनि उपलब्धीका रुपमा मानिनेछ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले आधारभुत स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुर्याउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले भने– बजेट र कार्यक्रम छ, तर परिणाम आउने गरि काम हुन सकेको छैन । उनले प्रदेश तथा स्थानीय तहले परिणाम आउने गरि काम गर्नुपर्ने सुझाव दिए । उनले स्वास्थ्य र शिक्षा जनसरोकारका विषय भएकाले प्रदेश मन्त्रालय यसमा संवेदनशिल हुनुपर्ने बताए ।
कार्यक्रम धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टको अध्यक्षतामा भएको थियो । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक डाक्टर खगेन्द्र बमले स्वागत गरेको कार्यक्रमको उद्देश्यबारे स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन फूलवारी स्वास्थ्य चौकी प्रमुख रेशम लामिछानेले गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका वडा अध्यक्ष, स्वास्थ्य शाखाका कर्मचारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका कर्मचारीहरू लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार