वन अतिक्रमण नियन्त्रण गरिने
धनगढी । जिल्ला बन सुरक्षा समितिको बैठकले जिल्लामा वन अतिक्रमण नियन्त्रणका लागि प्रभावकारी रुपमा लाग्ने निर्णय गरेको छ । जिल्ला बन सुरक्षा समितिको बैठकको निर्णयमा भनिएको छ– डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने अतिक्रमणको विवरण तयार गरी वन अतिक्रमण नियन्त्रण कार्यदलको बैठकमा पेस गरिने छ ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा वन अतिक्रमणको अत्यधिक समस्या रहेको छ । देश संघिय संरचनामा गएसंगै संस्थागत वन अतिक्रमण जिल्लामा बढिरहेको डिभिजन वन प्रमुख क“डेलले बताए ।
कैलाली प्रमुख जिल्ला अधिकारी वोहराले अतिक्रमणको विवरण तयार पारी समितिमा पेश गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिए । प्रजिअ बोहराले भने–जिल्लामा कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ लागत तयार गरी समितिमा पेश गर्नुहोस् । त्यसपछि कसरी अघि बढ्ने योजना त्यही बनाइने छ ।
त्यस्तै, जिल्ला बन सुरक्षा समितिले बनमा चोरी कटानी, चोरी निकासी सम्बन्धी विविध घटनाहरू हु“दै आएकाले सबै सुरक्षा निकायबाट विशेष सतर्कता अपनाई गैरकानुनी रुपमा वन पैदावर कटान एवं ओसारपसार गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने र वन्यजन्तु तथा जैविक विविधताको संरक्षण सम्बन्धमा सबै सुरक्षा निकायहरूबीच समन्वय एवं सहकार्य गर्ने निर्णय गरेको छ ।