१० श्रावण २०८१, बिहीबार

स्तरोन्नतीको प्रतिक्षामा उपक्षेत्रीय अस्पताल



ललित बोहरा/डडेल्धुरा । सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले डडेल्धुरा जिल्ला सदरमुकाममा २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना भयो ।


यो अस्पताल उपक्षेत्रीय हुनु अगाडि मानव विकास तथा सामुदायिक सेवाद्वारा टिम अस्पतालले लामो समयसम्म सेवा दियो । यो अवधिमा अमेरिकी विशेषज्ञ चिकित्सकहरू कार्यरत थिए ।
हालको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा टिम अस्पतालको नाममा स्थापना गरिएको थियो । तत्कालीन सरकारले टिम अस्पताललाई उपक्षेत्रीय अस्पताल घोषणा ग¥यो । त्यतिवेला उपक्षेत्रीय अस्पताल एक सय सैयाको थियो ।
त्यतिबेला अस्पतालमा एक सय नौ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो । यसमा २० जना मेडिकल अफिसर, १९ जना विशेषज्ञ चिकित्सक रहेका थिए । तर, यो अस्पतालमा कहिल्यै पनि चिकित्सकको दरबन्दी पुरा भएन ।
संघ, प्रदेश सरकार र फेरि संघ मातहत पुग्दा अलमल तत्कालीन उपक्षेत्रीय अस्पताल संघीय सरकार मातहतमा रहेको थियो । देश संघीय संरचनामा गएसँगै यो अस्पताल प्रदेश सरकारको मातहतमा आयो ।
छ वर्षअघि उपक्षेत्रीय अस्पतालका रुपमा स्थापना भएको यो अस्पताल गत असारमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने भनेर परिपत्र आयो । त्यहीअनुसार यो अस्पताल प्रदेश मातहतमा रह्यो ।
अहिलेसम्म प्रदेश सरकारले दिएको रकमले अस्पताल चलिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र क“डेलले बताए । गत फागुन यता केन्द्र सरकारले थप सेवा विस्तार र मेसिन औजार खरिदका लागि बजेट नपठाएको उनले बताए ।
विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति कहिले ?
गत फागुन ३ गते मन्त्रिपरिषद्को बैठकले डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गर्यो ।
योसँगै सरकारले मोरङको कोशी अञ्चल अस्पताल, पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नति गर्ने निर्णय ग¥यो ।
स्तरोन्नति भएपछि अब सबै पा“च वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा संघीय सरकारले उपलब्ध गराउने छ । केन्द्रीय सरकारबाटै सबै अस्पतालमा पा“च सय शय्याको सेवासुविधा प्राप्त हुने जनाइएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, डडेल्धुरा’ बनाइएको छ ।

दरबन्दी १९, विशेषज्ञ चिकित्सक ती मात्र

यो अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहने व्यवस्था छ । तर यहा“ तीन जना मात्रै विशेषज्ञ चिकित्सक रहेको डा कँडेलले जानकारी दिए ।
‘यहा“ अहिले मलगायत तीन जना विशेषज्ञ चिकित्सक छौ“ । एक जना सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पठाइएको छ,’ उनले भने, ‘असार मसान्तसम्मका लागि एक जना पठाएको हो मन्त्रालयले । हाल अस्पतालमा मेडिकल अफिसर लगायत १३ जना छौ“ ।’
३० स्टाफ नर्समध्ये १३ जना मात्र कार्यरत अस्पतालमा पछिल्लो समय ४ जना पनि छैनन् । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनको भनाइ छ । ‘यहा“ भएको जनशक्ति गएको ६ महिनाभन्दा बढी भइसकेको छ । मन्त्रालय वा विभागबाट थप जनशक्ति पठाइएको छैन,’ उनले भने । जनशक्ति अभाव भए पनि सेवा भने आफूहरूले दिइरहेको उनले जानकारी दिए ।
कर्मचारी समायोजन गर्दा यहा“का चिकित्सकहरूको सरुवा गरेको तर माथिबाट आवश्यक कर्मचारी नपठाएको कँडलले बताए । ‘न लोकसेवा खुलेको छ, न प्रदेशले पठाउ“छ न विभागले’ उनले भने, ‘यहा“का १४ जना कर्मचारी सरुवा गर्दा एक जना मात्रै पठायो, त्यसमै पनि विभेद भयो ।’
एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा गरिएका डा क“डेलले विभिन्न समस्याका बाबजुद पनि अस्पतालले सेवा प्रदान गरिरहेको जानकारी दिए । कर्मचारी समायोजना गर्दा सरकारले आफूले दिने सेवाबाट समेत बञ्चित गराएको आरोप उनको छ ।
‘एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा गएर मैले के सेवा दिने ? त्यहा“ ओटीसमेत व्यवस्था छैन,’ उनले प्रश्ने गरे, ‘यो कुरामा सरकारले सोचिदिएको भए हुन्थ्यो ।’
हात नै बा“धिदिने गरी गरिएको समायोजनले आफूलाई अप्ठ्यारो महसुस भएको उनको भनाइ छ । उनले अहिलेसम्म आफूलाई समायोजनको पत्र आइनसकेको बताए । उनले भने, ‘सरुवा पत्र आउनेबित्तिकै हि“ड्नुपर्ने भए पनि अस्पतालमा छ“दासम्म सेवा भने दिइरहने छौ“ ।’
तल्कालीन उपक्षेत्रीय अस्पतालले जति सेवासुविधा दिनुपर्ने हो त्यति दिन सकिरहेको छैन । यहा“को सेवा पछिल्लो समयमा खस्क“दै गएको छ । कार्मचारी र भौतिक संरचनाको अभावले गर्दा दिनुपर्ने जति सेवा दिन नसकिरहेको हो ।
कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा सेवासुविधा र गुणस्तर खस्कि“दै जा“दा बिरामी हैरान बनेका छन् ।
संघीयता लागू भएलगत्तै प्रदेश मातहत राखिएको अस्पताललाई अहिले संघीय सरकारको मातहतमा राखिएको छ ।
अहिले झन् अस्पताल अस्तव्यस्त बनेको सेवाग्राही पार्वती भुसालको गुनासो छ । ‘यहा“को सेवा खस्कि“दै गएको छ,’ उनले भनिन, ‘प्रदेश, संघ मातहतमा गइरह“दा सेवा खस्केको जस्तो लाग्छ ।’
जस्ताका छानोमुनि सेवा
उपक्षेत्रीय अस्पताल घोषण गरेको ६ वर्ष पुग्दा समेत अस्पतालस“ग राम्रो स्तरीय भवन छैन । अहिले पनि भवन अभाव नै रहेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।
‘यो अस्पताल सय शय्याको भइसके पनि हालसम्म पनि सय शय्याको भवन यहा“ छैनन्’ सूचना अधिकारी पन्तले भने, ‘पुरानै भवनबाट सेवा दिइरहेका छौ“ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार