१० श्रावण २०८१, बिहीबार

विप्लवका विद्यार्थी अध्यक्ष पक्राउ



धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंह पक्राउ परेका छन् ।

सिंहलाई शशस्त्र प्रहरी वलले धनगढी उपमहानगरपालिका–१६ स्थित विद्यालय परिषरबाट पक्राउ गरेको हो । बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क वृद्धिको विरोध गरिरहेका बेला उनलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार