१० श्रावण २०८१, बिहीबार

विद्यार्थीहरूबाट चर्को पढाई शुल्क लिएको गुनासो



बझाङ  । बझाङका सामुदायिक विद्यालयहरूले विभिन्न वहानामा विद्यार्थीबाट चर्को शुल्क लिने गरेका छन् । पटक–पटक जिल्लाका सामुदायिक विद्यालयहरूले चर्को शुल्क लिने गरेको अभिभावकबाट जनगुनासो आए पनि यस्ता विद्यालयहरूलाई कारबाही हुन सकेको छैन ।
यस वर्षको शैक्षिक शत्र सुरु भएस“गै यहा“का विद्यालयहरूले विविध समस्या देखाउ“दै विद्यार्थीबाट गैर कानुनी ढंगले भर्ना शुल्क असुल्ने गरेको पाइएको छ ।
कक्षा १ देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरूले अहिले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क, परीक्षा शुल्क, गयल शुल्क, खेलकुद शुल्क, जस्ता वाहानामा चर्को रकम असुल्दै आइरहेका छन् ।
तल्कोट गाउ“पालिका– १ सुनिकोट घर भएका मिलन ऐडी स्थानीय सुनिकोट माविमा कक्षा ७ मा पढ्नुहुन्छ । उनले आफनो भाई अशोक ऐडीलाई त्यही विद्यालयमा भर्ना गर्दा ३४० रुपैया“ शुल्क लिएको गुनासो गरे । उनी जस्तै सुनिकोटका अन्य अभिभावकहरूले पनि आफना बालबालिकाको भर्ना गर्दा रकम तिर्नु परेको बताए ।
सुनिकोट जस्तै जिल्लाकै नमूना मानिएको सदरमुकाम चैनपुर नजिकै रहेको सत्यवादी मावि भोपुरले समेत भर्ना शुल्क लिएको अभिभावकहरूले गुनासो गरेका छन् । सत्यवादी माविमा कक्षा ७ मा २ छोरीको भर्ना गर्दा ९५० रुपैया“ र कक्षा १० मा पढ्ने छोराको भर्ना शुल्क ५५० तिरेको जयपृथ्वी नगरपालिका वडा नम्बर–११ की महिला सदस्य पदमादेवी सार्कीले बताइन् । पैसा नदिएसम्म शिक्षकहरूले छोरा छोरीको भर्ना नै नगरेपछि बाध्य भएर भर्ना शुल्क तिर्नु परेको उनले बताइन् ।
सत्यवादी मावि भोपुरका प्रधानाध्यापक रामदत्त उपाध्यायले विद्यालयको शैक्षिक सुधारका लागि केही शिक्षकहरू निजी स्रोतबाट राखेको हुँदा विद्यार्थीबाट सहयोग स्वरुप भर्ना रमक लिएको बताए ।
सत्यवादीमा कक्षा ७ मा भर्ना भएकी विमला बादीले पनि ४५० भर्ना शुल्क तिरेको बताइन् । ‘घरको आर्थिक अवस्था कमजोर छ, अरुले नै सहयोग गरेर कापी कलम किन्न दिएको पैसा भर्ना शुल्क तिर्नुपरेको छ’ कक्षा ७ मा अध्ययनरत प्रमिला बादीले भनिन् ।
यस्तै जालपा माध्यमिक विद्यालयले पनि भर्ना शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका रमेश धामीले बताए । उनले विद्यालय व्यवस्थापन समितिमा कुनै सल्लाह अथवा जानकारी नै नगराई शिक्षकहरूले मनोमानी भर्ना शुल्क लिने गरेको बताए ।
यो विद्यालयले कक्षा ६, ७ र ८ को ३००, कक्षा ९ को ३२५ र कक्षा १० मा भर्ना हुने विद्यार्थीबाट ३५० रुपैया“ भर्ना शुल्क लिइरहेको छ ।
जयपृथ्वी नगरपालिका शिक्षा संयोजक तथा श्रोतव्यक्ति खगेन्द्रप्रसाद जोशीले बझाङका सामुदायिक विद्यालयहरूले निमय विपरीत शुल्क असुल्ने गरेको स्वीकार गर्दै धेरै जस्तो विद्यालयहरूमा निजी क्षेत्रबाट नै शिक्षकको व्यवस्था गरेकोले उनीहरूलाई तलब खुवाउन भर्ना शुल्क लिने गरेको बताए ।
यस विषयमा प्रमख जिल्ला अधिाकरी सुरेश सुनारले जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरूले भर्ना शुल्क लिएको जानकारी आएकोले जिल्ला शिक्षा समन्वय इकाईस“ग बुझेर भर्ना शुल्क लिएको फेला परे नियम अनुसार कारवाही गर्ने बताए ।
शैक्षिक शत्रको सुरुमा जिल्लाका विभिन्न विद्यालयहरूले विद्यार्थीबाट सहयोग स्वरुप भन्दै बिना रसिद भर्ना शुल्क लिएको ब्यापक जनगुनासो आएपछि बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यस्तो कार्य तत्काल रोक्न निर्देशन दिए ।
गएको शुक्रबार प्रमुख जिल्ला अधिकारी आफै“ सदरमुकाम नजिकै रहेको सत्यवादी माविमा गएर भर्ना शुल्क नलिन शिक्षकहरूलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार