१० श्रावण २०८१, बिहीबार

बाघको छालासहित दुई पक्राउ



महानगरीय प्रहरी वृत्त दरवारमार्गले बाघको छालासहित काठमाडौ महानगरपालिका वडा नम्बर २ लाजिम्पाटबाट उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । लाजिम्पाट स्थित एभरेष्ट बैंक नजिक अबैध रूपमा बाघको छाला ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट बाघको छाला एक थान बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार