१० श्रावण २०८१, बिहीबार

स्कार्पियो दुर्घटना



धनगढी । बिवाहका लागि धनगढीबाट बेलौरी तर्फ जाँदै गरेको भारतीय नम्बरको स्कार्पियो जिप पुनर्वास नगरपालिका वडा नम्बर २ दुर्घटनामा परेको छ। युपी ३१ पि ७९७५ नम्वरको जीप वडा नम्वर २ को मोतिबस्तीमा जिप दुर्घटना भएको हो। दुर्घटनामा परि अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका ब्यूरो प्रमुख शिवराज भट्ट सहित ३ जना घाईते भएका छन्।

यस्तै पत्रकार भट्टकी श्रीमती दुर्गा भट्ट र अन्य जिपमा सवार घाईते भएको कञ्चनपुर प्रहरीले जनाएको छ। जिपमा भट्टका छोरा, छोरी पनि सवार भएपनि उनीहरु सकुशल छन्। घाइतेको पुनर्वास पोलिक्लिनिकमा सामान्य उपचारपछि अहिले माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। जिल्लामा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकमा खाल्डाखुल्डी र धुलो भएपछि सो क्षेत्रमा दुर्घटना बढ्दै गएका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार