१० श्रावण २०८१, बिहीबार

जन्मदिनका अवसरमा बेसहारा महिलाहरूलाई सहयोग



धनगढी । धनगढीका एक जना विद्यार्थीले आफ्नो जन्मदिनका अवसरमा धनगढीमा रहेको दृष्टि फाउण्डेशनमा आश्रय लिइरहेका बेसहारा महिलाहरूलाई खाद्यान्न, लुगाकपडा लगायतका सामग्री सहयोग गरेका छन् ।
धनगढीको ऐश्वर्य विद्या निकेतन कक्षा ८ मा अध्यनरत मिनेन्द्र यादवले आफ्नो १३ औं जन्मोत्सवको अवसरमा दृष्टि फाउण्डेसनमा रहेका बेसहारा महिलाहरूका लागि चामल, दाल, नून, तेल तथा कपडा, टुथपेस्ट, सावुन, स्याम्पु लगायतका सामग्री प्रदान गरेका थिए ।
फाउण्डेसनमा २२ जना बेसहारा महिला रहेका छन् । विद्यार्थी यादवले फाउण्डेसनका अध्यक्ष कल्पना भट्टलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
उनले आफूले दैनिक खाजा खर्च, दक्षिणा बापत पाएको रकम र पुरस्कारबाट आएको रकम बचाएर सहयोग गरेको बताए ।
सो अवसरमा फाउण्डेसनकी अध्यक्ष विद्यार्थी मिनेन्द्रले आफ्नो खाजा खर्च, दक्षिणा र पुरस्कार पाएको रकम बचाएर बेसहारा महिलाहरूलाई खाद्यान्न, कपडा लगायतका सामग्री दिएर ठूलो काम गरेको बताइन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनिधि ओझा, जिल्ला वन अधिकृत अम्मर बुलन, यादवका बुबा पूर्णशंकर यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार