१० श्रावण २०८१, बिहीबार

मेयर कप फुटबलः वडा नम्बर १४ र वडा नम्बर १६ विजयी



धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा वडा नम्बर १४ र वडा नम्बर १६ विजयी भएका छन् ।
आइतबारको पहिलो खेलमा वडा नम्बर १६ विजयी भएको छ । वडा नम्बर १६ ले वडा नम्बर ९ लाई २–० गोल अन्तरले हरायो । वडा नम्बर १६ कहा सुरेश चौधरी र विरेन्द्र चन्दले एक/एक गोल गरे ।आईतबार भएको दोस्रो खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा १४ ले वडा नम्बर ३ लाई टाईब्रेकरमा हरायो । निर्धारित समयसम्म खेल एक/एकको वरावरी सकिएपछि पेनाल्टी मार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा वडा नम्बर १४ ले वडा नम्बर ३ लाई ५–३ ले किनारा लगायो ।
प्रतियोगिता अन्तर्गत आज सोमबार वडा नम्बर ११ र वडा नम्बर १३ तथा वडा नम्बर १ र वडा नम्बर १५ बीच खेल हुने छ ।
नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका १९ वटै वडाका टीमहरुले सहभागीता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार