१० श्रावण २०८१, बिहीबार

बिपद ब्यबस्थापनको पूर्व तयारीमा जुट्न आह्वान



धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिपद ब्यबस्थापनको पूर्व तयारीमा जुट्न सरोकारवालाहरूसंग आग्रह गरेका छन् ।
आईतबार जिल्ला विपद ब्यबस्थापन समितिले आयोजना गरेको मनसुन पूर्व तयारी कार्यशाला गोष्ठीमा उनले पूर्वी तराईमा आँधीले ठूलो क्षति पु¥याई सकेको सन्दर्भमा मनसुनको लक्षण राम्रो नदेखिएकाले समय मै तयारी अवस्थामा रहनु आवश्यक भइसकेको बताए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक यज्ञराज बोहराले बिपदको जोखिम न्यूनिकरणका लागि योजना आवश्यक भएको बताए ।
कार्यशालामा जिल्लाका प्रहरी प्रमुख, सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधी, जिल्ला रेडक्रस शाखा कैलालीका प्रतिनिधी, जिल्लामा क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरूको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार