१० श्रावण २०८१, बिहीबार

प्रदेश कमिटी घोषणा तथा पदभार ग्रहण



धनगढी । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको घोषणा तथा पदभार ग्रहण समारोह शनिबार धनगढीमा गरेको छ ।
पूर्व कराते खेलाडी अरुण कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको छ । संघको प्रथम उपाध्यक्षमा महेन्द्र सिहं ठकुरी, महासचिवमा हरि जोशी, सचिवमा विपिन कटुवाल, सदस्यहरुमा किशोर शाह, विराज रोस्यारा, हेमन्त रेग्मी, तिलक साउँद, गोविन्द बानिया, कविता शाही, अर्जुन जैगडी, छत्र रावल, पवन शाहु, नविन सिहं, कुबेर खड्का, सुरेन्द्र बोहरा रहेका छन् ।
शनिबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नवगठीत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाश कुमार चन्दले देशभर गोजुरियो करातेका गतीविधि बढाउन तथा समग्र खेल क्षेत्रमा संघको उपस्थिति बलियो बनाउने उद्देश्यले प्रदेश स्तरीय कमीटी गठन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार