१० श्रावण २०८१, बिहीबार

डिजिटल नागरिक वडापत्र बनाइदै



विरेन्द्र शाह/सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा डिजिटल नागरिक वडापत्र र बचाउ सूचना प्रणाली लागू गरिएको छ ।


शुक्रबार नगर प्रमुख ममताप्रसाद चौधरीले एक कार्यक्रमबीच स्वीच अन गरेर डिजिटल नागरिक वडापत्रको आरम्भ गरे ।
डिजिटल नागरिक वडापत्र मार्फत नगरपालिकाका सम्पुर्ण सेवा सुविधाहरू सहजै रुपमा नागरिकले जानकारी पाउने बताइएको छ । नगरमा भित्राइएको प्रविधिले नगरका कुन काम कहा“ हुन्छ भन्ने बारे जानकारी लिन सकिन्छ । डिजिटल नागरिक वडापत्रमा नया“ सूचनाहरू, बिषयगत शाखा कुन कहा“ छन, शाखा मार्फत के के काम हुन्छन् भन्ने जानकारी उल्लेख हुने जनाइएको छ । “अब नगरपालिकाको मुख्य द्वारमै सेवाग्राहीले सहजै थाहा पाउने छन्” नगर प्रमुख चौधरीले भने ।
डिजिटल नागरिक वडापत्र दुई लाख ५० हजार रुपैयाको लागतमा भित्राइको बताईएको छ । नगरपालिकाको सूचना प्रविधि शाखाले मानिसलाई कुनै समस्या परेको खण्डमा आफ्नो मोबाईल खोलेर एप्सको पुलिस भन्ने ठाउ“मा क्लिक गरेमा सिधै प्रहरीमा साईरन मार्फत खबर पुग्ने जनाएको छ । सूचना प्रविधि शाखाका अनुसार समस्यामा परेका व्यक्तिको, नाम, ठेगाना र कुन ठाउ“ छ भनेर समेत प्रहरीलाई खबर पुग्ने छ । त्यसको लागि नगरपालिकाबाट व्यक्तिगत परिचयपत्र प्रणालीको कोड नम्बर लिएको खण्डमा उसले मात्र प्रयोग गर्न पाउन सकिने सूचना प्रविधि शाखा प्रमुख रामप्रसाद चौधरीले बताए ।
यसैगरी नगरपालिका भित्र बचाउ सूचना प्रणालीले नगरबासीलाई परेको समस्या तुरुन्तै जानकारी हुन सकिने छ । सो एप्समा केही समयपछि एम्बुलेन्स र दमकल सेवालाई समेत समेटिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार