१० श्रावण २०८१, बिहीबार

बहुवर्षीय ठेक्का बन्दोवस्त निर्देशिका स्वीकृत



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले “बहुवर्षीय ठेक्का बन्दोवस्त सम्बन्धी निर्देशिका, २०७५ र प्रदेश आर्थिक नियमावली–२०७६’ स्वीकृति गरेको छ ।


प्रदेशको मन्त्रीपरिषद्को शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले सो निर्देशिका र नियमावलीलाई स्वीकृति प्रदान गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको निर्देशिका र नियमावली स्वीकृति प्रदान गर्न प्रस्ताव पेश गरेको थिए ।
मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार प्रदेश लोकसेवा आयोग गठन सम्बन्धी विधेयकलाई संसद्मा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ । मन्त्रीपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तयार गरेको प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत् प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाबाट विधेयक पास भएपछि प्रदेश लोकसेवा आयोग गठन गर्न बाटो खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार