१० श्रावण २०८१, बिहीबार

भारत लैजान लागेका दुई महिलाको उद्दार



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास हुँदै भारततर्फ लैजान लागिएका दुई महिलालाई नेपाल भारत सीमा नाकाबाट उद्दार गरिएको छ ।
शनिबार साँझ वैदेशिक रोजगारीको लागि भन्दै नेपालबाट भारत लैजादै गरेको अवस्थामा भारतीय सुरक्षा बल एसएसबीले चेकजाँचका क्रममा दुई नेपाली महिलाको उद्दार गरि सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पुनर्वासलाई बुझाएको बताइएको छ ।
भारततर्फ लग्दै गरिएकी २३ र ३३ वर्षीया युवतिहरु सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ७ का बासिन्दा भएको खुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । उनीहरुलाई भारत लैजान लागेका पुनर्वास नगरपालिका वडा नम्बर ५ का भिमबहादुर बोहरालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक गोपाल बोहराले बताए । तर, सो घटनाको मुख्य योजनाकार रहेको किशन रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार