१० श्रावण २०८१, बिहीबार

धनगढी सरसफाई अभियान



धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली उद्योग बाणिज्य संघको समन्वयमा धनगढीको चौहारादेखि रातोपुल सम्मको बजार शनिबार सरसफाई गरिएको छ ।
धनगढी उपमहानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले केही दिनदेखि बजार, सडक तथा बाटोघाटो सरसफाई गर्ने अभियान सञ्चालन गर्दै आएको छ । अभियान अन्तरगत शनिबार घनगढीमा दोस्रो पटक सडक सरसफाई गरियो । उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आँगन आफ्नो र सडक तथा नाली नगरपालिकाको भन्ने मानसिकताका कारण नगरमा सरसफाईमा समस्या भएको बताए । उनले भने– अब बारम्बार यस्तो मानसिकता दोहो¥याउने व्यक्तिलाई कारबाही गरिने छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरले धनगढी उपमहानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले सर्वपक्षीय बैठकको आयोजना गरेर सडक तथा नालीमा फोहोरमैला फाल्नेलाई कस्तो किसिमको जरिवाना गर्ने भन्ने निर्णय गर्ने बताए । उनले यसबारे उपमहानगरपालिकाले कानुन बनाउनु पर्ने बताए ।
सरसफाई अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधी तथा जनप्रतिनिधीहरूको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार