१८ बैशाख २०८१, मंगलवार

व्यवसायी भण्डारीलाई विशेष सेवा सम्मान



धनगढी । कैलालीका व्यवसायी राजेश भण्डारीलाई विशेष सेवा सम्मान प्रदान गरिएको छ ।
लोकतन्त्र दिवस तथा नव वर्ष २०७६ को अवसरमा फोकस नेपालले भण्डारीलाई सो सम्मान प्रदान गरेको थियो ।
भण्डारीलाई बुधबार एक समारोहका बिच पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले सो सम्मान प्रदान गरेका थिए ।
उद्योगी भण्डारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न सेवामुलक, अटोमोबाइल्स, जलस्रोत, सामुदायिक तथा सामाजिक संघ/संस्थामार्फत राष्ट्र विकास र सेवामा योग्दान पुर्याएवापत सो सम्मान प्रदान गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार