बैतडीमा महोत्सवको शंखला
बैतडी । बैतडीका विभिन्न जिल्लामा एकपछि अर्को महोत्सव आयोजना भइरहेका छन् । जिल्लाका विभिन्न स्थानमा गत चैत्र २० गतेदेखि आइतबारसम्म चार स्थानमा धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना भइसकेका छन् ।
चैत्र २० गतेदेखि पाटन नगरपालिकामा एक सातासम्म महोत्सवको अयोजना गरिएको थियो । त्यसैगरी सुर्नया गाउपालिका वडा नम्बर ५, स्थित सिगास माविमा २३ गतेदेखि धार्मिक महोत्सव आयोजना भएकोमा मेलौली नगरपालिकामा बैशाख २ गतेदेखि महोत्सव सञ्चालन भइरहेको छ । त्यस्तै, सिगास गाउँपालिका वडा नम्बर २ मा तेश्रो च्वागड महोत्सव आयोजना गरिएको छ ।
त्यसैगरी दोगडाकेदार गाउँपालिकामा बैशाख ११ गतेदेखि १३ गतेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ । ‘सुन्दर सुदूरपश्चिम हाम्रो सान, पर्यटन कृषि विकास हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । लालीगुरास सांस्कृतिक तथा पर्यटन विकास केन्द्रको आयोजनामा सञ्चालन हुने महोत्सवमा दोगडाकेदार गाउपालिकाको सहयोग रहेको महोत्सव सञ्चालन समितिका अध्यक्ष भोजराज जोशीले जानकारी दिए ।
महोत्सवमा स्थानीय कला, संस्कृती, भेषभुषा झल्किने देउडा, छलिया लगायतका प्रस्तुती रहने छन् ।