६ पुष २०८१, शनिबार

एक किशोरी माथि सामूहिक बलात्कार



घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका ४ घोडाघोडीमा १६ वर्षीय एक किशोरी माथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेका छन् ।
घटना वैशाख १ गते बिहान भएको भए पनि शनिबार मात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रहरी समक्ष मुद्दा परे लगतै घटनामा संग्लग्न ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।
किरोशी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।
उनले भने आज भरखर मुद्दा दर्ता भएको छ, जाहेरीमा किटान गरिएका ७ जना मध्ये ६ जनालाई पक्राई गरिसकेका छौ । अन्यलाई पनि चाडै नियन्त्रणमा लिन्छौ ।
घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछी अहिले काठमान्डौमा उपचार भइरहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार