१० श्रावण २०८१, बिहीबार

प्रशासन कार्यालय अगाडी धर्ना




धनगढी ।
पोखराका पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय अगाडी पत्रकारले धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिईएको हो। यता जिल्ला प्रशासन कार्यालय कैलालीमा पनि पत्रकार रिहाईको माग गर्दै धर्ना दिईएको छ।

आज बिहान साढे ९ देखि साढे १० बजे सम्म जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी धनाई दिईएको हो। त्यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा पनि पत्रकारले धर्ना दिएका छन्।  

पोखराका पत्रकार गिरी ठगीबारे समाचार लेखेकै आधारमा सोमबार साइबर क्राइम अन्तर्गत पक्राउ परेका थिए। बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग सीआईबीले पक्राउ गरेको हो ।  

 
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार