१० श्रावण २०८१, बिहीबार

चुनावका अन्तरघात गर्नेलाई छोड्दैन: देउवा



धनगढी । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राण देउवाले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताकी छन् ।

बिहिबार धनगढीको वडा नम्बर ३ र ५ मा पार्टीको वडा भेला तथा क्रियाशिल सदस्यता बितरण कार्यक्रममा नेतृ देउवाले पार्टी गतिबिधि बिरोध पार्टीभित्रका नेताकार्यकर्ताहरुलाई कार्वाही गरेरै छोड्ने बताइकी हुन् । अब कुनै समुदाय, जिल्लाका भौगोलिक क्षेत्रियताका नारा भन्दा पनि सिद्धान्तका साथ पार्टीको अभियानमा लाग्नुपर्ने उनले आग्रह गरिन्
उनले नेकपाको सरकारले देश कब्जा गर्न खोजेको आरोप समेत लगाएकी छन् । नेकपाको सरकारप्रति जनाधार खस्कदो भैरहरदा बर्तामान सरकार निर्वाचन पनि नगराउने पक्षमा देखिन थालेको उनले बताइन् । जनताको पार्टी काँग्रेस भएकोले सरकारका हरेक गतिबिधी जनपक्षीय बनाउन सबै कार्यकर्तालाई लाग्न उनले निर्देशन दिइन् ।
‘दुई तिहाईको दम्भ देखाउदै सरकारले जनताका काम शुन्य गरेको छ’ नेतृ देउवाले भनिन्, ‘यसरी जनतालाई धोका दिदै गैरहेकोले जनस्तरबाट सरकारको भरोसा टुट्दै गएको छ ।’
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले काँग्रेस जितेका निर्वाचन क्षेत्रका बजेटनै कम प्राथमिकतामा राखेको आरोप लगाए । सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउने खेलमा रहेको उनले बताए ।
धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रका बिकास गर्नमा सदैब लागि परेका बताए । उनले जनताका सबै समस्या सामाधान गर्दै नमुना उपमहानगरपालिका बनाउने उद्देश्यका साथ लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार