१० श्रावण २०८१, बिहीबार

सबै स्थानीय तहमा प्राविधिक शिक्षाः मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम नीति रणनीति तथा सीप मुल्यांकन लैगिक समानता विषयक अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा मन्त्री सुवेदीले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये हालसम्म ५३ वटा स्थानिय तहमा मात्रै प्राविधिक शिक्षालय पुगेको बताए ।
कार्यक्रममा ब्लु डाइमण्ड सोसाइटीका भूमिका श्रेष्ठले समलिंगीको अवस्था, समस्या र प्रदेश सरकारको भुमिका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् ।
सामाजिक बिकास मन्त्रालयका सहसचिव तथा शिक्षा महासाखा प्रमुख झंकर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य, शिक्षाविद्, राजनीतिक दलका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार