२७ मंसिर २०८१, बिहीबार

परिक्षा केन्द्रमा ढुङ्गामुडा



शैलेन्द्र रोकाया/बझाङ । एसइइ परिक्षामा चिट चोराउन नपाएको भन्दै स्थानीयले परिक्षा केन्द्रमा ढुङ्गामुडा गरेपछि प्रहरीले तिन जनालाई नियन्तणमा लिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा चिट चोराउन नदिएको भन्दै स्थानीयबासीले ढुङ्गामुडा गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

परिक्षा केन्द्र वरिपरि अभिभावकहरुको भिडभाड भएपछि प्रहरीले हटाउन खोज्दा ढुङ्गामुढा भएको प्रहरी नायब उपरिक्षक प्रबिण धितालले जानकारी दिए ।
हुलदंगा गर्ने मध्ये तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी फर्किएपछि फेरी अभिभावकहरु परिक्षा हलमा पसेर ढुङ्गामुढा गर्ने तथा परिक्षा नै रद्द गर्ने देखिएपछि प्रहरीले एक राउन्ड हवाई फाइरिङ गरेर अबस्थालाई नियन्त्रणमा लिएको समेत प्रहरी नायव उपरिक्षक धितालले बताए ।
परिक्षा केन्द्रको निरिक्षण गर्न प्रमुख जिलला अधिकारी शुरेस सुनार, प्रहरी नयाब उपरिक प्रणिण धिताल , ससस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक भुवन पन्त र जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख सुरेन्द्र कठायत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार