३ जेष्ठ २०८१, बिहीबार

प्रदेश सरकारलाई धन्यवाद



धनगढी । युवा संघ नेपाल धनगढी कमिटीले प्रदेश सरकारलाई धन्यवाद दिएको छ ।
यातायात व्यवस्था सेती अञ्चल कार्यालय र भौतिक पुर्वाधार मन्त्रालयले सवारी चालक अनुमती पत्र वितरण प्रणालीलाई व्यवस्थीत गर्न कार्यालय परिषर र ट्रायल सेन्टरमा सिसि टिभी क्यामेरा जडान गरेकोमा धन्यवाद दिएको हो ।
कमिटीले कार्यालय परिषर र ट्रायल सेन्टरमा सिसि टिभी क्यामेरा जडानको माग राखेपछि कार्यालयले सो काम सम्पन गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले पाँच लाख सहयोग गरे पछि कार्यालय परिषरमा १६ र ट्रायल सेन्टरमा नौ वटा क्यामेरा जडान गरिएको यातायत व्यवस्था कार्यालय सेतीका प्रमुख विसन सिंह थापाले जानकारी दिए । उनले त्यो संगै आफ्नो कार्यकालमा लामो समय लाइन लाग्नुपर्ने समस्याको अन्त्य, लिखित र ट्रायल परिक्षाको नतिजा सार्वजनिकमा सुधार र नियमित ट्रायलको ब्यवस्था गरेको बताए ।
युवा संघ नेपाल धनगढी उपमहानगरपालिका कमिटी धनगढीका अध्यक्ष विश्वाश शाहले आफुहरुको मागलाई यातायत ब्यवस्था कार्यालय सेतीले पुरा गरेको भन्दै धन्यवाद दिएका छन् । उनले आगामी दिनमा समेत जनतासंग प्रत्यक्ष सरोकार रहने मालपोत नापी, कर, भन्सार लगायतका अन्य सरकारी कार्यालयमा हुने ढिला सुस्तीका बारेमा पहल गर्न जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार