सरस्वती पुजा धुमधामसंग मनाइयो
धनगढी । विद्याकी देवी सरस्वतीको कैलाली सहित देशभरी आइतबार पूजाआजासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्लाका विभिन्न क्याम्पस, उच्च माध्यामिक विद्यालय, माध्यमिक विद्यालय, प्राथमिक विद्यालय, साहित्यिक संस्था, संगीतकला संस्था, सञ्चार गृह लगायतमा सरस्वतीको पूजा गरियो ।
सोमबार विद्यार्थी, साहित्यकार, सञ्चारकर्मी लगायतले बिहानै नुहाई धुवाई गरी विद्याकी देवी सरस्वतीको पुजा आराधना गरेको थिए ।
धनगढी लगायत कैलालीका अधिकांस विद्यालयहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरेका थिए ।
विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन रहेको छ । सरस्वती पुजा अथवा बसन्त पञ्चमीका दिनबाट अक्षराम्भ गराएमा बालबालिका पढाईमा अब्बल बन्ने विश्वास गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अधाङिगनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्त्व छ । गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दा“तले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
सरस्वती पुजाको अवसर पारेर धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोक स्थित लिटल फलावर बोर्डिङ हाइस्कुलको सरस्वती पुजन तथा खेल सप्ताह कार्यक्रम गरेको छ ।
विद्यालयका संस्थापक तथा प्रीन्सिपल रामचन्द्र शाहीको अध्यक्षता तथा जेष्ठ अभिभावक गंगादत्त पन्डितको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र संघमा आबद्ध व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
सो अबसरमा विद्यार्थीहरु दिनेश धामी, रेजिना उप्रेती र प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष टोपेन्द्र शाह, प्याब्सन केन्द्रिय प्रतिनिधि दीपक सुरि, प्याब्सन धनगढी अध्यक्ष पदम बहादुर साउदले मन्तव्य व्यक्त गरेका थिए ।
एक हप्तासम्म संचालित खेल सप्ताहमा विभिन्न बिधाका खेलहरु खेलाइएको थियो । क्रिकेट, फुटबल, भलिबल, कबड्डी, ब्याडमिन्टन, दौड, रिले दौड, स्पुन दौड लगायत पुर्ब प्राथमिक तहको विभिन्न खेलहरु आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । कक्षा ९ का अफताव शेख र कक्षा १० कि निशा बम पुरस्कृत भएका थिए ।
त्यस्तै, नागरिक–सैनिक सम्वन्ध सुदृढिकरणका लागि नेपाली सेनाले आइतबार सरस्वती पुजाको दिन पारेर विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरेको छ ।
सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुर्नबास नगरपालिका वडा नम्बर १ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको जनाइएको छ ।
पुस्तकालयको पुनर्बास नगरपालिका प्रमुख जीवनराज थापाले उद्घाटन गरे । सो अवसरमा गुल्मपती सेनानी विदूरध्वज अधिकारीले टोलकै नामबाट ‘अंशुबर्मा पुस्तकालय’ पुस्तकालय स्थापना गरिएको जानकारी दिए । विद्यालयका तर्फबाट गुल्मपति अधिकारीलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको हो ।
सरस्वती मन्दीर उद्घाटन
कैलालीको बर्दगोरिया गाउ“पालिका वडा नम्बर ३ स्थित नवनिर्मित सरस्वती मन्दिरको आइतबार उद्घाटन गरिएको छ ।
आइतबार आयोजित एक कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस महासमिति सदस्य मोहनसिंह राठौरले सो मन्दीरको उद्घाटन गरे ।
कार्यक्रममा बर्दगोरिया गाउ“पालिका अध्यक्ष बलिराम डंगौराले गाउ“पालिकाले विद्यालय भवन निर्माणका लागि पहल गरिरहेको बताए ।
सरस्वती मन्दिर निर्माणकर्ता पहराम बुढाक्षेत्रीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
दाता बुढाक्षेत्रीले दुई लाख पा“च हजार रुपैयाको लागतमा सो मन्दिर निर्माण गरेको जनाइएको छ ।