५ जेष्ठ २०८१, शनिबार

काँग्रेसद्वारा नगर सभा बहिस्कार



कञ्चनपुर । नेपाली काँग्रेसले भीमदत्त नगरपालिकाको चौथो नगरसभा बहिष्कार गरेको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले ६ महिनामा हुनुपर्ने नगरसभा समयमै नभएको भन्दै नगर सभा बहिष्कार गरेको जनाएका छन् ।
उनीहरूले शनिबार हुने भनेको भीमदत्त नगरपालिकाको चौथो नगर सभा अवरुद्ध गरेका हुन् । काँग्रेसबाट निर्वाचित ३९ जना जनप्रतिनिधिहरूले ६ महिनामा हुनुपर्ने नगरसभा ७ महिना पछि भएको र ४८ घण्टाभित्र नगरसभाको कार्यविधि दिइसक्नुपर्ने प्रावधान भए पनि कार्यविधि नदिएकाले नगरसभा अवरुद्ध गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार