१८ बैशाख २०८१, मंगलवार

बृहत पढाई उत्सव कार्यक्रम



धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९, घुइयाघाटस्थित भवानी माविमा बृहत पढाई उत्सव कार्यक्रम भएको छ ।
पढाई उत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा प्रदेश सभा सदस्य चौधरीले पढाई उत्सवले अभिभावकहरुलाई घरमा पढाई वातावरण प्रवद्र्धन गर्न र नियमित रुपमा विद्यालय भ्रमण गरी बालबालिकाको सिकाई उपलब्धि हासिल गर्न सहयोग पुग्ने चर्चा गरे ।

कार्यक्रममा प्रारम्भिक तहको पढाई सुदृढ गर्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा योगदान पु¥याएवापत अधिकृत राजेन्द्र रैका, प्रारम्भिक तहका उत्कृष्ट अभिभावक धर्मसिह बिष्ट र दिपा बिष्टलाई पुरस्कृत गरियो ।
त्यस्तै, प्रारम्भीक तहको पढाई प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरु क्रमशः कक्षा १ का अन्जली विक, यमुना विष्ट र पुनम पार्की, कक्षा २ का मिना विक, सन्जना पार्की र कन्चन पार्की, कक्षा ३ का मनिषा ऐर, विपना कठायत र पदम लुहारलाई पांच सय, चार सय र तीन सय रुपैयाका दरले पुरस्कार प्रदान गरियो ।
प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक गौतम विक र धनगढी उमाविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
भवानी माध्यमिक विद्यालयको ४२ औ वार्षिकोत्सवका अवसरमा आयोजित पढाई उत्सवमा पढाई प्रतियोगिता र पढाई शिविरको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक लोकराज जोशीले बताए ।
कार्यक्रममा धनगढी उमाविका प्रधानाध्यापक भट्ट, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष पदम पार्की, भवानीदत्त भट्ट, अधिकृत रैका, अभिभावक संघका अध्यक्ष गौतम विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शेर वहादुर पार्कीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन शिक्षक प्रेमराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार