डा. केसीले अनसन तोडे
काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता जनाउँदै प्रा. डा. गोविन्द केसीले १४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको हुन् ।