भरुवा बन्दुक खेलाउँदा बालिका घाइते
डडेल्धुरा । डडेलधुरामा भरुवा बन्दुक खेलाउँदा अचानक पड्केर छर्रा लाग्दा एक बालिका घाइते भएकी छन् ।
डडेल्धुराकोे नवदुर्गा गाउँपालिका वडा नम्बर ५ कि १० वर्षीया आरतीकुमारी विक आफ्नै दाई १५ वर्षीय कुलदीप विकले भरुवा बन्दुक खेलाउने क्रममा पड्किदा गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
आरतीलाई उपचारका कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
प्रहरीले कुलदीप र २८ वर्षीय दीपक ऐरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले बताए ।