चिरपट प्रहार गरेर हत्या
कञ्चनपुर । कञ्चनपुरमा चिरपट प्रहार गरेर एक जनाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा महाकाली नगरपालिका वडा नम्बर २, शारदाका महेन्द्र बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आफ्नै भाइ कालु सिंह बोहराको विवाहमा सोही नगरपालिका बस्ने २३ वर्षीय हरजित धामीसँग विवाद हुँदा बोहराले धामीको टाउकोमा चिरपट प्रहार गरेका थिए ।
चिरपट प्रहारबाट गम्भीर घाइते भएको उनको अञ्चल अस्पताल महेन्द्रनगर उपचार पश्चात् थप उपचारको लागि भारत खटिमातर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।





