३ पुष २०८२, बिहीबार

गर्भवतीमाथि जबरजस्ती गर्न खोजेको आरोपमा एक पक्राउ



डोटी । डोटीमा गर्भवती महिलामाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले पूर्विचौकी गाउ“पालिकाका ४० वर्षीय जय कोलीलाई पक्राउ गरेको जनाएको छ ।
जयले पुर्विचौकी गाउँपालिकाका एक गर्भवति महिलामाथि जवरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले जानकारी दिए । शनिबार आफन्तको घरमा सामान पु¥याएर आफनो घर फर्कने जयले बाटोमा उनलाई बलात्कारको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार