१ माघ २०८१, मंगलवार

अभिभावक शिक्षक सम्मेलन



धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत भवानी माविमा शुक्रबार अभिभावक शिक्षक सम्मेलन भएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत भएको सो कार्यक्रम अभिभावकलाई घरमा पढाइ वातावरण प्रवद्र्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धी जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक तथा शिक्षक–अभिभावक बीच छलफल गरी गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा अभिभावकहरूसँग आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आप्mना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्पm केन्द्रित गराउन वारमा संवाद गरिएको थियो ।
कार्यक्रममा भवानी माविका अध्यक्ष शेरबहादुर पार्की, पूर्व अध्यक्षहरू पदम पार्की, भवानी भट्ट, विद्यालयका प्रधानाध्यापक लोकराज जोशी, शिक्षक दुदमाया खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम अभिभावक शिक्षक संघका अध्यक्ष गौतम विकको अध्यक्षतामा भएको थियो । भने संचालन शिक्षक प्रेमराज भट्टले गरेका थिए ।
सम्मेलनको उद्देश्यबारे संस्थाका अधिकृत राजेन्द्र रैकाले प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार