१२ बैशाख २०८२, शुक्रबार

श्रीमतीको इच्छा विपरित यौन सम्पर्क राखेको आरोपमा जेल सजाय



कञ्चनपुर । श्रीमतीको इच्छा विपरित यौन सम्पर्क गरेको अभियोगमा कञ्चनपुर जिल्ला अदालतले श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर २ की मञ्जु जोशीले आफ्ना श्रीमान डम्बरराज जोशी विरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा फैसला गर्दै अदालतले उनलाई जेल सजाय तथा जरिवाना गर्ने फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका नायव सुब्बा दानबहादुर सुनारले बताए ।
यसअघि श्रीमान डम्बरले इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै उजुरी परेपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार