७ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड र ओलीप्रति भट्टकाे कडा प्रस्तुति



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सिमित सदस्य लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली विरूद्ध कडा रूपमा प्रस्तुत भएका छन् ।

पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै नेता भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका हुन् ।

झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै उनले आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको लागि घुसको प्रस्ताव गरेको खुलासा गरे । त्यस्तो विवादित व्यक्तिलाई किन र कुन आधारमा नियुक्ति गरिएको हो त्यसबारे पार्टी र सरकारले जवाफ दिनुपर्ने उनले माग गरे ।

‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा दीगम्बर झाले घुस प्रस्ताव गरेका थिए । त्यतिबेला उनी मान्छे ठीक छैनन् भनेर मैले मतलब गरिन तर त्यही व्यक्तिलाई सरकारले किन नियुक्ति गर्यो यसबारे पुनर्विचार गरियोस् ’, उनले भने, ‘त्यतिबेला झाले घुस प्रस्ताव गरेको कुरा मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएको थिएँ। ’उनले पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डले ल्याएको प्रतिवेदन पार्टीको हाइट अनुसारको नभएको भन्दै त्यसलाई सच्याइनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार