खोटो कम्पनीमा आगलागी
बझाङ । बझाङमा खोटो कम्पनीमा आगलागी भएको छ । मंगलबार बझाङको जयपृथ्वी नगरपालिका ११ को भुपुरमा रहेको दिव्या रोजिन एण्ड टर्पेनटाईनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक प्रविन धितालले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । डोजर र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको उनले बताए ।
आगलागीबाट भण्डार गरेर राखेको खोटो जलेपनि समयमै थाहा पाएपछि थप क्षति हुन नपाएको प्रहरी नायब उपरिक्षक धितालले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन् ।