२१ बैशाख २०८१, शुक्रबार

निर्मलाका निम्ति न्याय अभियान : अभियानकर्मीको आरोप– सरकारनै दोषिको संरक्षक



दार्चुला । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अभियान सञ्चालन गरिरहेकी अभियनन्ता डाक्टर डिला संग्रौलाले सरकारले नै दोषिहरूको संरक्षण गरिरहेको आरोप लगाएकी छन् ।‘निर्मलाका लागि न्याय’ अभियानका क्रममा केही दिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेकी अभियानकर्मी डाक्टर संग्रौलाले बिहीबार दार्चुलाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा भनिन्– “घटना भएका यतिका दिन वितिसके । चारैतिरबाट व्यापक विरोध र आलोचना भइरहेको छ, तर सरकारलाई कुनै चासो छैन ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सांसद तथा नेपाल महिला संघका पूर्व अध्यक्ष समेत रहेकी डाक्टर संग्रौलाले निर्मला हत्या घटनाका दोषिहरू पत्ता लगाउन सरकार उदासिन रहेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार