२१ बैशाख २०८१, शुक्रबार

भीमदत्त नगरपालिका फोहोरमुक्त बनाउन सकिन्छ– मानव



महेन्द्रनगर । विश्व सरसफाई अभियन्ता राजमान मानवले भीमदत्त नगरपालिकालाई तीन महिनाभित्र फोहरमुक्त बनाउन सकिने दावी गरेका छन् ।
भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको सरसफाई सम्बन्धी छलफल कार्यक्रममा सरसफाई अभियन्ता मानवले जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय र स्थानीयको सहयोग र समन्वयबाट तीन महिनाभित्र नगरपालिकालाई सफा र स्वच्छ बनाउन सकिने दावी गरे ।
भीमदत्त नगरपालिकाले सञ्चालन गरेको वृहत जनचेतनामूलक सरसफाई कार्यक्रममा गत महिनादेखि विश्व सरसफाई अभियन्ता मानव र सुशीला महर्ज सहभागी रहेका छन् ।
सो अभियान अन्तर्गत हरेक शनिबार सरसफाई कार्यक्रम हुने गरेको छ ।
आगामी शनिबार हुने वृहत सरसफाई कार्यक्रमबारे बिहीबार भएको छलफलमा सरसफाई अभियन्ताद्वय मानव र महर्जनको उपस्थिति रहेको थियो । भोलि (शनिबार) वडा नम्बर ४ र १८ मा वृहत सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा धुमपान निषेध अभियानका अगुवा मदनबहादुर चन्दले नगरलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियानमा सबैको सहयोगका लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार