२१ बैशाख २०८१, शुक्रबार

महिलाहरूको स्वास्थ्य परीक्षण गरियो



धनगढी । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा कृष्णपुर नगरपालिका, कञ्चनपुरले नगर क्षेत्रभित्र रहेका महिलाको स्वास्थ्य परीक्षण गरेको छ । सो अभियानमा नगर क्षेत्रभित्रका महिलाहरूका लागि स्क्रिन क्याम्प निर्माण गरी स्वास्थय परीक्षण गरेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले जानकारी दिए ।
नगरपालिकाले लैंगिक समानता र सामाजिक समावेशिता स्थानीयकरण कार्यशाला गोष्ठी गरी पाठेघर सम्बन्धी सामान्य समस्या महिलालाई औषधि दिएको छ भने जटिल समस्या भएका महिलाका लागि पाठेघरमा रिंग राखिने काम गरिनुका साथै पाठेघरमुखको क्यान्सर भएका महिलाका लागि अप्रेसन गर्न सिफारिश गरिएको नगरप्रमुख हमालले बताए ।
नगरपालिकाका वडा नम्बर १, २ र ३ महिलाहरूका लागि निंगाली सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा, वडा नम्बर ४, ५, ६ का महिलाका लागि कृष्णपुर स्वास्थ्य चौकी र वडा नम्बर ७, ८, ९ का महिलाका लागि रैकवार विचवा स्वास्थ्य केन्द्रमा उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले बताए ।
उनले नगरपालिकाका ४ सय ४१ जना महिलाको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको बताउँदै भने यसमध्येमा प्रजनन् सम्बन्धी २० जना, पाठेघर मुखको क्यान्सर भएका १ सय १० जना, कम समस्या भएका २१ जना अलि बढी समस्या भएका ७ जना, अप्रेसनका लागि सिफारिश गरिएका १७ जना र अप्रेसन गर्नु पूर्व २० जना महिलामा रिंग राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार