२१ बैशाख २०८१, शुक्रबार

अवैध मदिरा कारोबार रोक्न अनुगमन गरिने



कञ्चनपुर । भीमदत्त नगरपालिकाले मदिरा अवैध मदिरा कारोबार रोक्नका लागि अनुगमन गर्ने भएको छ । मदिरा विक्रीवितरण व्यवस्थापन तथा नियमन मूल समितिको आइतबार बसेको बैठकले मदिरा कारोबार व्यवस्थित बनाउन अनुगमन गर्ने निर्णय गरेको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले मदिरा विक्री, वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि २०७४ का आधारमा नगर क्षेत्रमा मदिरा कारोबार व्यवस्थित गर्न अनुमगन गर्ने निर्णय गरिएको जानकारी दिए ।
“मदिरा कारोबार व्यवस्थित गर्न अवैध मदिरा कारोबार रोक्न अनुगमन गर्ने निर्णय गरिएको छ” उनले भने, “नगरको सवै वडामा अनुगमन हुन्छ, त्यसका आधारमा आवश्यक कारवाही हुन्छ ।”
भीमदत्त नगरपालिका क्षेत्रमा अवैध मदिरा कारोबार रोकथाम, मदिरा विक्रीवितरण व्यवस्थित र नियमन गर्नका लागि कार्यविधि निर्माण गरिएको छ । कार्यविधि अनुसार नगर प्रमुख विष्टको संयोजकत्वमा गठित समितिमा उपप्रमुख सुशीला चन्द सिंह, जिल्ला प्रहरी कार्यालय, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ र मदिरा नियन्त्रण संघसंस्थाका प्रतिनिधि सदस्य छन् ।
मदिरा विक्रीवितरण व्यवस्थापन तथा नियमन मूल समितिका संयोजक नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार