२१ बैशाख २०८१, शुक्रबार

दुर्घटना एकको मृत्यु



डोटी । डोटीको केआईसिंह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
दिपायलबाट वायलतर्फ जाँदै गरेको से १ त ६६४९ नम्बरको ट्याक्टर केआईसिंह गाउँपालिका–३, वाशुदेवीमा सडकमै पल्टिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी केआईसिह–३, बाशुदेवीका पारस मल्लको मृत्यु भएको छ । घाइतेहरूमा सोही ठाउँका उपेन्द्र बम र मीन बम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीका अनुसार ट्याक्टरमा ६ जना सवार थिए । चालक रेशम डंगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार