८ कार्तिक २०८१, बिहीबार

डडेल्धुरा बस दुर्घटनाः चाैध जनाकाे सनाखत



डडेल्धुरा । डडेल्धुरामा १८ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाका ७ जनाको सनाखत भएको छ।

डोटी जाँदै गरेको स्कुल बस बिहीबार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। १० जनाको घटनास्थलमै र ८ जानको अस्तपलामा मृत्यु भएको हो। 

मृत्यु हुनेमा पाँच महिला र १३ पुरुष रहेका छन्। दुर्घटनामा परी ज्यान गएका डाेटीकाे शिखर नगरपालिका– ४ कि ३५ वर्षीया शशी विक, ११ कि २५ वर्षीया गोपा भाट, ८ का ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल सनाखत भएकाे जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

त्यसैगरी, नवदुर्गा गाँउपालिका–३ का चक्र धामी, तीलक खाती, टेक धामी, नवदुर्गा गाउँपालिका–४ की माया रावल, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, सोही नगरपालिका–७ कि २२ वर्षीय योगेन्द्र बोहराको पनि सोही दुर्घटना परी ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने डोटीको शिखर नगरपालिका–७ का शंकर जोरा, कैलालीको गोदावरी नगरपालिका–१० का २३ पुरन कठायत, सोही स्थानकी २० वर्षीया शारदा कठायत, गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कठायतको पनि सनाखत भएको छ ।

बाँकी ४ जनाको भने सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय, डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीका अनुसार दुर्घटनामा परी २७ जना घाइते छन्। १० जनाको धनगढीमा उपचार भइररहेको छ भने ७ जनालाई कोहलपुर पठाइएको छ। अन्य १० जना घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज नागरीले जानकारी दिए।

 

बिहीबार बेलुकी डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो। 

घाइते हुनेहरुमा डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल, कोरालखोलाका माया खड्का, २० वर्षीय सुनिता रावल, सकायलका १९ वर्षीय रमेश भुल, २० वर्षीय पुरन भुल, डडेल्धुरा सेल्तडाका १६ वर्षीय नारद बलायर, गन्यापधुरा गाउँपालिकाका–१ का ३० वर्षीय ईश्वरी दमाई, गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा, नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी रहेका छन्।

यस्तै, डोटीको तल्लोसालका १६ वर्षीय विनोद किमाडी, डोटी गोपघाटका–२३ वर्षीय श्याम ओझा, शिखर–६ डोटीका ३८ वर्षीय भीम बलायर, डोटी शिखर–१० का २९ वर्षीय सरिता बलायर, डोटी तिलताडिका–१५ वर्षीय सोनीया रावल, बन्डोरसैन डोटीका १५ वर्षीय सन्तोष रावल, बन्डोरसैन डोटीका २० वर्षीय भरत बलायर, तल्लीसाल डोटीका २१ वर्षीय हरिना बोहरा, वनलेक डोटीका ३८ वर्षीय सावित्री धामी, शिखर डोटीका–१७ वर्षीय रमेश धामी घाइते भएका छन्।

अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो। बसमा ४५ जना यात्रु सवार रहेको बुझिएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको थियो।

प्रदेश सरकारले भेटे घाइते

दुर्घटनामा घाईते भई धनगढी रेफर गरेको ११ जनाको स्वास्थ अबस्थाबारे मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी छन् । धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गराई रहेको घाईतेलाई मुख्यमन्त्री भट्टले भेटेको मुख्यमन्त्रिको स्वकिय सचिबालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार